शुभ बिहानी, आज २०८० साल भदौ २ गते, साउन शुक्ल तृतिया तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज अधुरा र रोकिएको काम
दोहोर्याएर गर्दा राम्रो होला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता पाइएला।
वृष – तपाइको आज एउटै कामबाट दोहोरो लाभ हुनेछ, बन्धुबान्धवबाट
सहयोग पाइएला। मनमा हर्ष,
उमङ्ग र उत्साह छउनेछ। रमाइलो यात्राको योग छ।
मिथुन - तपाई आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन होला।
घर परिवारका सदस्यहरूबाट सहयोग पाइएला। रमणीय र सुखद यात्राको योग पनि रहेको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज यात्रामा
मालसामान हराउने छ। कार्य सम्पादनमा समस्या आउने र साँझमा पैसा खर्च हुने देखिन्छ।
चोटपटकको भय रहेकाले सचेत रहनुहोला।
सिंह – तपाईको आज
मन अध्यात्म र दर्शनतर्फ आकर्षित हुनुका साथै पेसा र व्यवसायबाट लाभ होला।
कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता पनि छाउला।
कन्या - कन्या राशीका तपाईको आज मनमा हर्ष, उमङ्ग
र उत्साह छाउला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। रमणीय, सुखद् र धार्मिक यात्राको पनि योग रहेको छ।
तुला - तपाइको आज सामाजिक सेवा
गर्ने अवसरले मानप्रतिष्ठा दिनेछ। कार्य सम्पादनमा सहजता आउला। व्यापार व्यवसायमा
पनि सफलता मिल्ने देखिन्छ।
वृश्चिक – तपाईको आज महत्त्वपूर्ण कार्यमा व्यवधान आउला। माया प्रेममा
धोका हुन सक्नेछ भने एकोहोरो माया प्रेमले सताउला। आर्थिक कारोबारमा विवाद पनि आउन
सक्छ।
धनु – तपाइको आज विद्या र बुद्धिको विकास होला। पारिवारिक
भेटघाटमा रमाउन पाइएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा माया प्रेममा
आत्मियताको बढोत्तरी होला।
मकर - मकर राशीका तपाइको आज अध्ययनअध्यापनको
क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।
परिवारका सदस्यहरूसँग भेटघाट होला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज सन्तान तथा परिवारमा
मेलमिलाप होला। जोशजाँगर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ। आर्थिक लाभ
हासिल हुनेछ।
मिन –
तपाइको आज मनमा
उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न होला। भोजभतेरमा सामेल
हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला आवश्यक हुनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता