शुभ बिहानी, आज २०८० साल बैशाख २३ गते, जेठ कृष्ण प्रतिपदा तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज
न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछ।
मित्रबाट विशेष सहयोग मिल्नुका साथै शेयर बजारमा नोक्सानी हुन सक्छ।
वृष - तपाईको
आज मनमा हर्ष, उमङ्ग
र उत्साह छउनेछ। अरुको मन पनि जित्न सकिएला भने पढाइमा अली बढी मेहनत गर्दा मात्र सफल भइएला।
मिथुन - तपाईको
आज प्रविधि मार्फत आफन्त सँग भेटघाट हुने समय छ।
अधुरा काम पुन: सुरु होलान। उपहार पाइने सम्भावना रहेको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज
सामान हराउन सक्छ। नयाँ ठाउँमा लगानी गर्नु
पनि उचित नहुनसक्छ,
तर कृषि व्यवसायबाट राम्रै आम्दानी होला।
सिंह – तपाईको आज वित्तिय
संस्थाबाट सहयोग मिल्नेछ, प्रेम जीवनमा मधुरता आउला। लाभदायक तथा कर्तव्य पूर्ण
यात्रा हुनेछ।
कन्या - कन्या राशीका तपाइलाई आज व्यवसायमा सफलता मिल्ने र श्रमको उचित मूल्याङ्कन होला, तर शेयर बजारको लगानामा नोक्सानी नै हुनेछ।
तुला - आज तपाइको
साहित्यिक क्षेत्रमा रुचि बढ्ने र चिन्ता छाडेर चिन्तन गर्ने समय रहेको छ । प्रेम
प्रसङ्गमा नजिक भइएला।
वृश्चिक – तपाईको
आज सानातिना समस्यामा अल्झिरहनु पर्नेछ। सरकारी
निकायको भय रहिरहला। स्वास्थ्य प्रति पनि सजग हुनुहोला।
धनु - तपाइको आज दाम्पत्य जीवन सुखमय रहला। स्वादिष्ट भोजन र
परिकारको अवसर मिल्नसक्छ। शुभकार्यको चर्चा पनि हुनेछ।
मकर - मकर राशीका तपाईको आज साङ्गीतिक
क्षेत्रमा रुचि बढेर जानेछ। आफन्तले राम्रै सहयोग दिनेछन। नयाँ र शुभकार्यको चर्चा
पनि होला।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज
कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउला।
नयाँ कार्यको योजना बन्ने र अरूलाई सहयोग पनि गरिने छ।
मिन - तपाईको आज स्वास्थ्य जाँचको लागि
अस्पताल जानु पर्ने हुनसक्छ र धन खर्च हुनसक्छ, तर साँझ सम्ममा शुभ समाचार
सुन्न पाइएला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता