Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन २० गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | २० साउन २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल साउन २० गते, साउन कृष्ण  चतुर्थी तिथी शनिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न होला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नु जरुरी हुनेछ।

वृष - तपाईआज पारिवारिक भेटघाटमा रमाइने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुने समय छ।

मिथुन - तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। रमणीय, सुखद् र धार्मिक यात्राको योग पनि रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता पाइनेछ। नयाँ ज्ञान सिक्ने मौका पाइएला।

सिंह तपाईको आज कार्य सम्पादनमा समस्या आउन सक्छ। चोटपटकको भय रहेकाले सचेत रहनुपर्नेछ। साँझमा पैसा खर्च हुने तथा शेयर बजरमा नोक्सानी हुन सक्ने समय छ।

कन्या - कन्या राशीका तपाईको आज बजार घुम्ने अवसर पाइएला। केही नयाँ कुरा खरीद गर्न सकिएला। धर्मकर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर पाइएला।

तुला - तपाइको आज एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। बन्धुबान्धवबाट सहयोग पाइनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। रमाइलो यात्राको योग छ।

वृश्चिक  तपाईको आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित हुनेछ। पेसा र व्यवसायबाट लाभ र धन लाभ हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको समय छ।

धनु  तपाइको आजको दिन गरेको काम बिग्रने, जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना त्यसैले सचेत रहनु होला सामाजिक काम गर्ने समय छ।

मकर - मकर राशीका तपाइको आज अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। मित्रबाट विशेष सहयोग मिल्न सक्छ। परिवारका सदस्यहरूसित भेटघाट होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज रमणीय र सुखद् यात्राको योग रहेको छ। मनमा सहयोग भाव आउनसक्छ। सन्तान तथा परिवारमा मेलमिलाप होला। कुनै कुराले मनमा प्रसन्नता छाउने छ।

मिन – तपाइको आज दैनिक कार्यमा प्रगति होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला। परिवारका सदस्यहरूबाट सहयोग मिल्ने र वैदेशिक कार्य अघि बढ्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप