Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ १३ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | १३ जेष्ठ २०८०, शनिबार

आज जेठ १३ गते शनिबारको राशीफल।शुभ बिहानी, आज २०८० साल जेठ १३  गते, जेठ शुक्ल सप्तमी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज कीर्तिमानी काम गर्ने र प्रेमसम्बन्ध तथा प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ भने शुभकार्यको चर्चा पनि हुनेछ।

वृष - तपाईको आज आफ्नो काम देखाएर अरूको मन लोभ्याउन सकिएला। नयाँ कार्यको योजना बन्नुका साथै कार्य सम्पादनमा सहजता आउने छ।

मिथुन - तपाईको आज आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने हुनसक्छ। महत्त्वपूर्ण अवसर गुम्ने र घर परिवारमा झैझमेलाको अवस्था आउने सम्भावना रहेकोछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज महिला वा मित्रबाट विशेष सहयोग पाइने र श्रमको उचित मूल्याङ्नका हुने तथा दिनको उत्तरार्ध बढी सुखद् रहने छ।

सिंह – तपाईको आज मङ्गल र शुभकार्यको चर्चा हुनुका साथै राजनैतिक कार्यमा सफलता मिल्ने तथा शेयर बजारमा गरेको लगानीले राम्रै लाभ दिने छ।

कन्या - कन्या राशीका तपाइँको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ। ठीक समयमा सही निर्णय लिन सक्नाले शैक्षिक क्षेत्रमा प्रगति होला। बोलीको प्रभाव पनि बढ्ने देखिन्छ।

तुला - आज तपाइलाई आतिथ्यपूर्ण सम्मान मिल्नेछ। वैदेशिक कार्य अघि बढ्ने र आफन्त सँग भेटघाट हुनुका साथै नयाँ वस्त्र एवं अलंकार प्राप्ति होला।

वृश्चिक – तपाईको आज धार्मिक र सेवा भाव बढ्ने तथा नयाँ कमको थालनी हुने र शेयर बजार, घर जग्गामा गरेको लगानीले बिस्तारै लाभ दिने योग छ।

धनु – तपाइको आज प्रेम सम्बन्ध कसिलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वास्थ्यमा सुधार आउने समय छ। दाम्पत्य सुखले प्रफुल्लित भइएला।

मकर - मकर राशीका तपाईको आज निर्णायक क्षमतामा कमी आउला। प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने देखिन्छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज राजनैतिक कार्यमा बाधा आउने र नाक तथा घाँटीमा समस्या आउने, तर अभिभावकको आशीर्वादले काम गर्न सकिने समय छ।

मिन - तपाईको आजको आज शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउला। दाम्पत्य जीवन सुखमय हुने र आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप