शुभ बिहानी, आज २०८० साल असोज ८ गते, भदौ शुक्ल दशमी तथा हरिपरिवर्तनी एकादशी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज यात्रा गर्ने
अवसर प्राप्त होला। विद्या र बुद्धिको विकास हुनुका साथै सानो प्रयत्नले ठूलो काम
सम्पादन हुने र श्रमको उचित मूल्याङ्कन पनि हुने देखिन्छ।
वृष – तपाइलाई
आज नयाँ सफलता मिल्नसक्छ इच्छा र आकाङ्क्षा
पूर्ण होलान। मनमा हर्ष छाउनुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।
मिथुन - तपाई आज बढी मेहनत गर्नेहरुका लागि दिन फलदायी नै रहला। अनावश्यक
धन खर्च भई मानसिक चिन्ता बढ्ने र गरेको काममा ढिलासुस्ती आउनसक्छ।
कर्कट – कर्कटका
तपाइको आज शिक्षामा प्रगति हुनुका
साथै रोजगारीको अवसर पनि मिल्ला, साथीभाइबाट सहयोग पाइएला। सामाजिक र धार्मिक
कार्यबाट सन्तोष मिल्ला।
सिंह – तपाईलाई आज
आत्मिक सन्तुष्टि मिल्नेछ, अतिथिका रूपमा सम्मान पइने र श्रमको उचित मूल्याङ्कन हुनुका
साथै वैदेशिक क्षेत्रको काम अघि बढेर जानेछ।
कन्या - कन्या राशीका तपाईको आज लाभदायक यात्रा होला, तर स्वास्थ्य मापदण्ड भने अपनाउनु पर्नेछ, शुभकार्यको
चर्चा होला, परिवारजनको साथले नयाँ आशा दिनेछ।
तुला - तपाइको आज लगानी गर्नु
पनि उपयुक्त नहुने र बोलीको विपरीत अर्थ लाग्न सक्ने तथा मनमा चञ्चलता बढ्नाले गलत
निर्णय लिन पुगिने समय छ।
वृश्चिक – तपाईको आज कार्य सम्पादनमा सहजता हुँदा परिवारमा ठूलो जमघट
वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न होला, दैनिक कामहरू पनि अघि बढ्लान।
धनु – तपाइको आज एउटै कामबाट दोहोरो लाभ पाइने तर मनमा चिन्ताले
सताउने देखिन्छ, वैदेशिक कार्य अघि बढ्ने
र धर्मकर्म तथा समाजसेवामा मन जाने समय छ।
मकर - मकर राशीका तपाइको आज व्यापार
व्यवसायबाट लाभ पाइने तर स्वास्थ्य प्रति सजग रहनु पर्ने र पारिवारिक
सद्भाव भने बढ्ने तथा नयाँ व्यक्ति सँग भेटघाट हुने समय रहेको छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज प्राविधिक क्षेत्रमा
रुचि बढ्ने र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। शुभकार्यको चर्चा होला।
अरुलाई प्रभावित पारेर काम बन्न सक्छ।
मिन –
तपाइको आज आर्थिक
क्षेत्रमा राम्रो सफलता मिल्नाले रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला, कला र
गलाको प्रभाव बढ्ने र मनोरञ्जनमा सहभागिता भइने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता