शुभ बिहानी, आज २०८० साल असोज १ गते, भदौ शुक्ल तृतिया तिथी सोमबार । आज हरितालिका तिज तथा विश्वकर्म पुजा । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज आत्मविश्वास
र पराक्रममा वृद्धि हुने, अचल सम्पत्ति हात पर्ने, आँटेको र ताकेको कार्य पुरा हुने, तर सामान हराउन भने सक्ने योग छ।
वृष – तपाइको आज शुभ समाचार सुन्न पाइनेछ। वैदेशिक क्षेत्रको काम
अघि बढ्ने तथा राज्यबाट मान सम्मान पाइएला। सामाजिक क्षेत्रमा सफलता पनि मिल्ला।
मिथुन - तपाई आज दाम, इनाम
र प्रतिष्ठा कमाउने, शुभकार्यको चर्चा चल्ने, परिवारमा सुख सन्तोष छाउने र कला तथा
गलाको प्रभाव पनि बढ्ने समय छ ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज आयव्यय, लाभहानी, सुखदुःख
बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला।
वैदेशिक कार्य भने सम्पादन होला।
सिंह – तपाईको आज
रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार
र समाजसेवा जस्ता कार्यमा मन जानेछ। अतिथिको रूपमा सत्कार पनि पाइएला।
कन्या - कन्या राशीका तपाईको आज नयाँ कार्यको थालनी होला। लगनशीलताले कामहरू
अगाडि बढ्लान। सामाजिक क्षेत्रबाट सहयोग पाइएला। पदोन्नतिको सम्भावना प्रबल रहेको
छ।
तुला - तपाइको आज प्रेमीको
सहयोग प्राप्त हुने, दाम,
इनाम र प्रतिष्ठा कमाउने, न्यायिक कार्यमा
सफलता मिल्ने र शुभकार्यको चर्चा चल्ने समय छ।
वृश्चिक – तपाईको आज सरकारी निकायको भय होला। व्यवसायमा नोक्सानी
बेहोर्नु पर्ला,
तर कुनै कुराले मन खुसी हुने र साँझमा शुभ
समाचार सुन्न पाइएला।
धनु – तपाइको आज आफन्तसँग भेट घाट होला। आफ्नो क्षेत्रमा प्रभुत्व
जमाउन सकिएला। सांस्कृतिक काममा सरिक भइने र एकै कामबाट दोहोरो लाभ हनेछ।
मकर - मकर राशीका तपाइको आज अरुलाई
प्रभावित पारेर काम बन्नसक्छ। मनोरञ्जनमा सहभागी भइने र पारिवारिक सद्भाव बढ्ने
तथा व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्ने योग छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज सुन्दर पहिरनले
व्यक्तित्वमा निखारता ल्याउला। आकस्मिक धन लाभ होला। जोशजाँगर र हिम्मत बढ्ला।
दाम्पत्य जीवन सुखमय रहला।
मिन –
तपाइको आज प्रेममा
बाधाका साथै मन कमजोर होला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएला, स्वास्थ्य
पनि बिग्रनसक्छ सचेत रहनुहोला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता