Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ ४ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल भदौ ४ गते, साउन शुक्ल नाग पञ्चमी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन। महिला वर्गबाट विशेष सहयोग पाइएला। शिक्षामा सफलता मिल्नुका साथै महत्त्वपूर्ण कामको थालनी हुनसक्छ।

वृष – तपाइको आज कला तथा साहित्यमा रुचि र वैदेशिक कार्य अघि बढेर जानेछ, ठीक समयमा सही निर्णय लिन सकिएला। घरजग्गाको कारोबारमा सफलता पाइनेछ।

मिथुन - तपाईको आज सहकर्मीबाट विरोध आउन सक्छ। गलत निर्णय लिन पुग्ने सम्भावना छ। चोटपटकको भय र यात्रामा मालसामान हराउन सक्ने हुनाले सचेत रहनुहोला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बिनाप्रतिस्पर्धा फाइदा हुने, नसोचेको ठाउँबाट धनागम हुने, मनोरञ्जनमा सहभागिता भइने, आर्थिक कारोबारमा सफलता पाइने योग छ।

सिंह – तपाईको आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव दिनेछ। लगनशीलताले कामहरू अगाडि बढ्लान साथीभाइसँग रमाइलो समय बित्नेछ।

कन्या - कन्या राशीका तपाईको आज कुनै कुराले मनमा शान्ति छाउने, घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने, पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि रहेको छ।

तुला - तपाइको आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। सरकारी निकायको भय रहला। स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने हुनाले सजग रहनु उचित हुनेछ।

वृश्चिक – तपाईको आज शुभकार्यको चर्चा हुने, रमणीय र सुखद् यात्रा हुने, पार्टी तथा सेमिनारमा सहभागी भइने, प्रयत्न गरे फाइदा लिन सकिने योग छ।

धनु – तपाइको आज विपरीत वर्ग प्रति आकर्षण बढेर जानेछ। राजनैतिक कार्यमा सफलता मिल्ने तथा वैदेशिक क्षेत्रको काम अघि बढ्ने र सांगीतिक क्षेत्रमा रुचि बढ्ने समय छ।

मकर - मकर राशीका तपाइको आज प्रेम र मित्रताको बन्धन कसिने छ। दाम्पत्य सुखमा रमाउने, आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने समय रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्न सक्छ। गरेको काममा ढिलासुस्ती हुनेछ। पढाइलेखाइमा पनि बाधा आउन सक्छ।

मिन – तपाइको आज नयाँ ज्ञान सिक्ने मौका पाउनु हुनेछ। रोकिएको धन हात पर्ने  र धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने सम्भावना छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप