Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक ६ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल कार्तिक ६ गते, असोज शुक्ल नवमी तिथी सोमबार । आज बडा दशैँको नवौँ दिन महानवमी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला, मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना होला,  प्रेम र मित्रताको बन्धन कसिने बेला रहेको छ।

वृष – तपाइको आज अचल सम्पत्ति हात पर्न सक्छ, शुभ यात्राको नयाँ कमको थालनी हुने, सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने योग रहेको छ।

मिथुन - तपाईको आज कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्ने हुनाले आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभकार्यको चर्चा हुनेछ। आँटेको र ताकेको कार्य पुरा हुने र ठीक समयमा सही निर्णय लिन सकिएला। बोलीको प्रभाव पनि बढेर जानेछ।

सिंह – तपाईको आज वैदेशिक कार्य अघि बढेर जाला अधुरो काम पूरा होलान। व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ। महिला वर्ग बाट विशेष सहयोग पाइएला।

कन्या - कन्या राशीका तपाईको आज प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि रहेको छ। गरेको काममा सफलता हात पर्ने र नोकरी तथा व्यावसायिक जीवनमा सुधार आउने सम्भावना छ।

तुला - तपाइको आज राजनैतिक कार्यमा बाधा आउने छ, घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो होला।

वृश्चिक – तपाईको आज दिनको उत्तरार्ध बढी सुखद् रहला, आफन्तलाई सहानुभूति मिल्नेछ भने मित्रबाट विशेष सहयोग पाइएला। श्रमको उचित मूल्याङ्कन होला।

धनु – तपाइको आज मनमा शान्ति छाउने र शुभकार्यको चर्चा हुनेछ, नयाँ सवारी साधन प्राप्ति हुने र राजनैतिक कार्यमा सफलता मिल्नेछ योग छ।

मकर - मकर राशीका तपाइको आज आफन्तसँग भेटघाट होला, बुद्धिको प्रयोगले समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुनसक्छ। वैदेशिक कार्य अघि बढ्ने देखीन्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, समय मध्यम रहेकोले परिबन्धनमा परिने तथा झै झगडा हुने अधिक सम्भावना देखन्छ छ।

मिन – तपाइको आज आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने, शुभ कार्यको लागि यात्रा हुने, कुनै कुराले मनमा शान्ति छाउने र दाम्पत्य जीवन सुखमय हुने समय छ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप