Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २९ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल साउन २९ गते, साउन कृष्ण त्रयोदशी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च हुनेछ। राजनैतिक कार्यमा बाधा आउने तर आफन्तसँग भेटघाट भने होला।

वृष – तपाइको आज शुभारम्भको चर्चा हुने, अतिथिको रूपमा सत्कार पाइने, भौतिक साधन जुटाउने र लाभदायी रमाइलो यात्रा पनि हुने समय छ।

मिथुन - तपाईले आज पारिवारिक जीवन सन्तोषप्रद रहला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज लाभदायक यात्रा र बिना प्रतिस्पर्धा फाइदा होला। परिवारसँग रमाइलो भेटघाट तथा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा राम्रो होला।

सिंह – तपाईको आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। गरेका काममा ढिलासुस्ती होला। यात्रा कष्टकर हुने तथा मालसामान पनि हराउन सक्ने सम्भावना छ।

कन्या - कन्या राशीका तपाईको आज चिताएको कामले तीव्रता लिने,   आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने तथा आम्दानी बढाउने काम सुरु गर्न सकिएला।

तुला - तपाइको आज धेरै समय पछि आफन्तसँग भेटघाट होला। प्रेमीको सहयोग पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनुका साथै राजनीतिक कार्यमा सफलता पाइएला।

वृश्चिक – तपाईको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ। शुभकार्यको चर्चा हुने तथा मित्र जनबाट साथ सहयोग मिल्नेछ। सवारी साधन प्राप्तिको योग पनि रहेको छ।

धनु – तपाइको आज गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा आउनेछन। मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना रहेको छ, तर आफन्तले साथ भने दिनेछन।

मकर - मकर राशीका तपाइको आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। कला र गलाको प्रभाव बढेर जानेछ। शुभ समाचार सुन्न पाइने तथा ब्यापार व्यवसायबाट आम्दानी होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत होला। कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ।

मिन – तपाइको आज नजिकको मित्रसँग भेटघाट हुने, चिन्ता छाडेर चिन्तन गर्ने, कुनै कुराले मनमा शान्ति छाउने तथा धर्म र आस्था बढ्ने समय रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

 

  • न्युज बहार संवाददाता

थप