Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ ११ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | ११ भदौ २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल भदौ ११ गते, साउन शुक्ल द्वादशी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मनमा निराशा र शरीरमा आलस्य छाउनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र विवाद पनि बढ्ने देखिन्छ, तर साँझमा राम्रो खबर सुन्न पाइएला।

वृष – तपाइको आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। दैनिक कार्यमा सफलता पाइएला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।

मिथुन - तपाई आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा होला। दाम, इनाम र प्रतिष्ठा कमाउने र वित्तिय संस्थाबाट सहयोग पाइने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दैनिक कार्यमा प्रगति होला। समाजिक कार्यमा मन जाने र कूटनीतिक नियोगको सहयोग पाइने तथा वैदेशिक क्षेत्रबाट सफलता मिल्ने योग छ।

सिंह – तपाईको आज आयव्यय, लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। विपरीत वर्ग प्रति आकर्षण बढ्ने र आत्मबल बढाएर काम गरेमा सपल भइने समय छ।

कन्या - कन्या राशीका तपाईको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, कुटुम्बको सहयोग मिल्ने, घरमा अतिथिको आगमन हुने र राजनैतिक कार्यमा सफलता मिल्ने समय छ।

तुला - तपाइको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होला। इच्छा र आकाङ्क्षा पूर्ण होलान। आफन्तको प्रगतिमा मन रमाउनेछ। शुभारम्भको चर्चा हुनेछ।

वृश्चिक – तपाईको आजको दिन भाग्यशाली भएर देखा पर्ला, महिला वर्गबाट विशेष सहयोग पाइएला। शिक्षामा सफलता मिल्नुका साथै शेयर बजारले पनि साथ देला।

धनु – तपाइको आज घर व्यवहारमा झमेला हुनसक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल होला। स्वास्थ्यमा खराबी आउन सक्छ। आर्थिक कारोबारमा मन्दी आउला।

मकर - मकर राशीका तपाइको आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आउलस्वास्थ्य सम्बन्धी समस्या आउँन सक्ने हुनाले बढी सचेत रहनु होला ।

कुम्भ - कुम्भ राशीका तपाइको आज लगनशीलताले कामहरू अगाडि बढ्लान। दाम्पत्य जीवन सुखमय हुनेछ। विद्या र बुद्धिको विकास होला। दिनको उत्तरार्ध अधिक सुखद् रहला।

मिन – तपाइको आज कुनै कुराले मनमा शान्ति छाउला विशिष्ट व्यक्तिको साथ पाइने र छोटो दुरीको लाभदायक यात्रा हुनेछ। शुभकार्यको चर्चा पनि होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप