शुभ बिहानी, आज २०८० साल असार १ गते, असार कृष्ण त्रयोदशी तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको
सहकार्यले नयाँ अनुभव दिने, नयाँ योजना बन्ने र शुभकार्यको चर्चा पनि हुनेछ।
वृष - तपाईको
आज सहकर्मीबाट विरोध आउन सक्छ। चोटपटकको भय छ
सचेत रहनु आवश्यक देखिन्छ,
तर पनि नयाँ र शुभ कार्यको थालनी भने होला।
मिथुन - तपाईको
आज ठीक समयमा सही निर्णय लिन सकिएला। सामाजिक
कार्य अघि बढ्ने र शेयर बजरको कारोबारमा सफलता मिल्ने समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज राजनैतिक कार्यमा सफलता मिल्ने, विपरीत वर्ग
प्रति आकर्षण बढ्ने, सांगीतिक क्षेत्रमा रुचि बढ्ने र वैदेशिक क्षेत्रको काम भने
अधुरै रहने योग छ।
सिंह – तपाईको आज
आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ। नयाँ
ज्ञान सिक्ने मौका पनि मिल्न सक्छ।
कन्या - कन्या राशीका तपाइँको आज स्वास्थ्यप्रति सजग रहन आवश्यक देखिन्छ। आफ्नो
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र कुनै न कुनै कुराले मन प्रसन्न रहन
सक्छ ।
तुला - आज तपाइले आज
महिला वर्गबाट विशेष सहयोग मिल्ने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने, वित्तिय
संस्थाबाट सहयोग पाइने समय छ।
वृश्चिक – तपाईको आज स्वादिष्ट सुखद् भोजन मिल्ने र पार्टी तथा
सेमिनारमा सहभागी भइने तथा प्रयत्न गरे फाइदा लिन सकिने र साथीभाइसँग समय बित्ने
देखिन्छ।
धनु – तपाइको आज पूजा पाठमा मन जाला। मनोरञ्जन पूर्वक दिन बित्ने,
नसोचेको ठाउँबाट धनागम हुने र घर परिवारसँग समय व्यतीत होला।
मकर - मकर राशीका आज प्रेममा मनमुटाव आउनसक्छ।
आफ्नो विचार विपरित निर्णय होला। गरेका काममा ढिलासुस्ती हुने र साझेदारीको काममा
उल्झन आउनसक्छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज श्रद्धा र
भक्ति बढ्ने र महत्त्वपूर्ण कामको थालनी हुनुका
साथै समाजसेवामा मन जानेछ, शिक्षामा सामान्य सफलता मिल्ला।
मिन –
तपाइको आज एकपछि
अर्को अवसर आउनाले मन प्रसन्न होला, नयाँ व्यक्तिसँग भेटघाटको अवसर जुर्ने र
धार्मिक काम र भक्तिभाव बढ्ने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता