Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस ६ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | ६ पुस २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल पुस ६ गते, मंसिर शुक्ल दशमी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। आकस्मिक धन लाभ हुने तथा आँटेको र ताकेको कार्य पुरा हुनेछ। पारिवारिक सद्भाव बढ्ने देखीन्छ।

वृष – तपाइको आज स्वास्थ्यमा समस्या बढ्न सक्ने तथा आजको यात्रामा बिघ्नबाधा आइलाग्न सक्नेछ। आहार विहारमा विशेष सावधानी अपनाउनु होला।

मिथुन - तपाईको आज स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो समय छ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना रहेकोले आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना देखिन्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज रमाइलो यात्राको योग छ। साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला।

सिंह – तपाईको आज दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता पाइनेछ। आम्दानी बढाउने काम सुचारू गर्न सकिएला। सामाजिक कार्यमा सफलता मिल्न सक्छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज शेयर बजारमा उतारचढाव आइ रहनेछ। स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला। शैक्षिक क्षेत्र कमजोर नै रहनेछ।

तुला - तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। जोशजाँगर र हिम्मत बढ्नुका साथै धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

वृश्चिक – तपाईको आज बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन होला। शुभ समाचार सुन्न पाइएला। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ।

धनु – तपाइको आज आफ्नै दक्षतामा कार्यहरू सम्पन्न होलान। अतिथिको रूपमा सत्कार पाइनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा होला।

मकर - मकर राशीका तपाइको आज विचार गरेर निर्णय लिनु उचित हुनेछ। विद्या र बुद्धिमा ह्रास आउने तथा झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला भने सौन्दर्यतामा धन खर्च होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला। आकस्मिक धन लाभ होला। साहित्यिक क्षेत्रमा रूचि बढ्ने तथा बाहन लाभ हुने समय रहेको छ।

मिन – तपाइको आज व्यापार व्यवसायमा फाइदा हुनेछ।सहयोगी हातहरू अघि बढ्ने तथा आफन्तको प्रगतिमा मन रमाउनुका साथै पुनर्मिलनको योग समेत रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप