Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस १३ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | १३ पुस २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल पुस १३ गते, पुस कृष्ण द्वितिया तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नेछ। लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहेको छ।

वृष – तपाइको आज दैनिक कार्य र पढाइमा प्रगति होला। मन प्रसन्न रहने र मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ होला। धर्मकर्ममा मन जानसक्छ।

मिथुन - तपाईको आज धार्मिक यात्राको योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। व्यवसायमा सफलता पाइएला। आफन्तसँग रमाइलो भेटघाट होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज जोशजाँगर र हिम्मत बढ्ने देखिन्छ। प्रेम जीवन सुखद् नै रहला। एउटै कामबाट दोहोरो लाभ र बन्धु बान्धवबाट सहयोग पाइनेछ।

सिंह – तपाईको आज सौन्दर्यतामा धन खर्च होला। सरकारी निकायको भय हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज धार्मिक कृत्यमा सहभागी भइएला। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको रहेकोछ भने सामाजिक कार्यमा सफलता हात लाग्ला।

तुला - तपाइको आज पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नुका साथै मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

वृश्चिक – तपाईको आज नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। सजिलै अरूको मन जित्न सकिएला भने आफन्तको प्रगतिमा मन रमाउला।

धनु – तपाइको आज अनावश्यक ठाउँमा धन खर्च हुनाले प्रेममा मनमुटाव पनि आउनसक्छ। मन भावुक र उत्ताउलो होला। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्न सक्छ।

मकर - मकर राशीका तपाइको आज जोशजाँगर र उमङ्ग बृद्धी हुनेछ। रोकिएका कामहरू पुनः सुरु होलान। कृषि कार्य अघि बढ्नुका साथै साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज जोशजाँगर र हिम्मत बढ्ने योग , र शुभ कार्यको योजना पनि बन्न सक्छ। विपरित वर्गबाट विशेष सहयोग पाइएला। बिनाप्रतिस्पर्धा फाइदा हुन सक्ने सम्भावना रहेको छ।

मिन – तपाइको आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च होला। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछन।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप