शुभ बिहानी, आज २०८० साल बैशाख ८ गते बैशाख शुक्ल प्रतिपदा तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज कुनै कुराले मनमा
शान्ति छाउनसक्छ भने समाजसेवामा मन जानेछ। पुराना शत्रु पराजित हुने देखिन्छ।
वित्तिय संस्थाहरुबाट सहयोग मिल्नसक्छ
वृष - तपाईको आज आफ्नो विचार
विपरित निर्णय हुने देखिन्छ। साझेदारीको काममा उल्झन आउने र प्रेममा मनमुटाव आउन
सक्ने योग छ,
तर स्वादिष्ट भोजनको अवसर प्राप्त होला।
मिथुन - तपाईको आज राजनीतिक
कार्यमा ख्याति कमाउने योग रहेको छ। सन्तान सुख मिल्ने र व्यापार व्यवसायमा वृद्धि
हुनुका साथै आम्दानीका स्रोत पनि बढ्ने योग रहेको छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विपरीत वर्ग प्रति आकर्षण बढ्ने र सामाजिक कार्यमा सफलता मिल्ने समय छ।
वैदेशिक क्षेत्रको काम अघि बढ्ला भने सांगीतिक क्षेत्रमा रुचि हुनेछ।
सिंह - तपाईलाई आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको
सहकार्यले नयाँ अनुभव दिनेछ। लगनशीलताले कामहरू अगाडि बढेर जाला। साथीभाइहरुसँग
समय बितेर जाला।
कन्या - कन्या राशीका
तपाइको आज सहकर्मीबाट विरोध आउने हुनाले गलत निर्णय लिन पुगिएला। चोटपटकको भय रहेकोले सचेत रहनु पर्नेछ, आफन्तको साथ र सहयोग भने मिल्ने देखिन्छ।
तुला - आज तपाइको धनार्जनका
नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। महिला वर्गबाट सहयोग मिल्ने र शिक्षामा सफलता
मिल्नेछ भने शेयर बजारको लगानी गुम्नसक्ने योग रहेको छ।
वृश्चिक - तपाईलाई आज नयाँ ज्ञान
सिक्ने मौका मिल्ने र रोकिएको धन हात पर्ने समय छ। धर्मकर्म तथा समाजसेवामा मन जानेछ
भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग छ।
धनु - तपाइको
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ।
भूमिबाट लाभ होला। नयाँ व्यक्तिसँग भेटघाट हुने र खुसीपूर्ण लाभदायक यात्रा हुने
योग छ।
मकर - मकर राशीका तपाईको आज मित्रहरूले
दिएको वचन फेरिन सक्ने छ। फजुल खर्चले चिन्ता बढेर जाला। मनको डरले सताए पनि
व्यवहारमा भने फाइदा हुने देखीन्छ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज शुभकार्यको चर्चा हुनेछ। रमणीय र सुखद यात्राको योग रहेको छ भने पार्टी
तथा सेमिनारमा सहभागी हुनुहोला। प्रयत्न गरे फाइदा हुन सक्छ।
मिन - तपाईको
आज कला, सङ्गीतमा
रुचि बढ्ने र वैदेशिक कार्य अघि बढ्ने योग छ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ
भने तर
शेयर बजारको लगानी गुम्नसक्ने भय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता