Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २२ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | २२ भदौ २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल भदौ २२ गते, भदौ कृष्ण नवमी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभ समाचार सुन्न पाइनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र राज्यबाट मान सम्मान पाइने तथा सामाजिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ।

वृष – तपाइको आज आफन्त सँग भेट घाट होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। स्वादिष्ट भोजन पाइने र एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ।

मिथुन - तपाई आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउला। आकस्मिक धन लाभ होला। जोशजाँगर र हिम्मत बढेर जानेछ। दाम्पत्य जीवन सुखमय रहला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बन्न लागेको काम बिग्रनसक्नेछ। प्रेममा बाधाका साथै मन कमजोर होला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला।

सिंह – तपाईको आज रोकिएको धन हात पर्ला। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। अतिथिको रूपमा सत्कार पनि पाइएला।

कन्या - कन्या राशीका तपाईको आज नयाँ कार्यको थालनी होला। लगनशीलताले कामहरू अगाडि बढ्ने र वित्तिय संस्थाबाट सहयोग पाइने तथा पदोन्नतिको सम्भावना प्रबल रहेको छ।

तुला - तपाइको आज अचल सम्पत्ति हात पर्ने, आत्मविश्वास र पराक्रममा वृद्धि हुने, शेयर बजारमा फाइदा हुने र आँटेको, ताकेको कार्य पुरा हुने योग छ।

वृश्चिक – तपाईको आज सरकारी निकायको भय रहन सक्छ। अविश्वास उत्पन्न होला। परिवारमा झैझमेलाको अवस्था आउने तथा पुँजी बजारले भने साथ दिनसक्छ।

धनु – तपाइको आज दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। यात्रा सफल होला। परिवारमा सुख सन्तोष छाउन सक्छ। कला र गलाको प्रभाव बढ्ने देखिन्छ।

मकर - मकर राशीका तपाइको आज अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ। पारिवारिक सद्भाव बढ्ला। व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रेमीको सहयोग प्राप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने र न्यायिक कार्यमा सफलता मिल्नेछ तथा शुभकार्यको चर्चा चल्ने समय छ।

मिन – तपाइको आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला। सामान हराउने वा चोरी हुने भय रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप