शुभ बिहानी, आज २०८० साल भदौ १५ गते, भदौ कृष्ण द्वितिया तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज इज्जत
प्रतिष्ठामा दाग लाग्न सक्छ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ला। सामाजिक
काममा व्यस्त हुने समय छ।
वृष – तपाइको आज धार्मिक, सामाजिक
महत्त्वको क्षेत्रको भ्रमण होला। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम रहला।
रोकिएका काम पुनः सुरु होला।
मिथुन - तपाई आज भाग्यले साथ दिनेछ। काम देखाएर अरूको मन जित्न
सकिएला। परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइएला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज नाता
कुटुम्बको आगमन होला एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना रहेको छ।
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि पाइएला।
सिंह – तपाईको आजको
दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिएलान, तर आफन्तहरूको सहयोगले कामहरू बन्नेछ। पुनर्मिलनको
योग पनि रहेको छ।
कन्या - कन्या राशीका तपाईको आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा पाइएला।
परोपकारी कार्यमा संलग्न भइएला। रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय रहेको छ।
तुला - तपाइको आज परदेशी घर
फर्कने हुनाले घरपरिवारमा रमाइलो वातावरण छाउला। परोपकारका क्षेत्रमा लगानीको र हर्ष,
प्रसन्नता छाउने समय छ।
वृश्चिक – तपाईको आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको छ।
मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा दिनेछ। परोपकारी कार्यमा संलग्न भइएला।
धनु – तपाइको आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्ला।
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ला। आम्दानीमा पनि कमी आउला।
मकर - मकर राशीका तपाइको आज वाणीमा
कुशलता आउने दिन रहेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले
महत्त्वपूर्ण भूमिका निर्वाह गर्ला। यात्रा गर्ने अवसर पनि पाइएला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज आजको दिन हाँसखेल र
मनोरञ्जनपूर्ण समय रहेको छ। शेयर बजारबाट लाभ होला। परोपकारजन्य कार्यमा लगाव
बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला।
मिन –
तपाइको आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले
महत्त्वपूर्ण कार्य सम्पन्न होला। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु
हुनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता