साउन ८, काठमाडौँ । पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा परेका छन्।
२०८०
सालमा प्रकाशित भएका विभिन्न तीन सय चारवटा किताबमध्ये मदन पुरस्कार गुठीले पाँच
वटा छनौट गरेर सार्वजनिक गरेको हो।
आज मंगलबार
गुठीले विज्ञप्ति जारी गर्दै पाँच कृतिको नाम सार्वजनिक गरेको हो ।
२०८०
सालको मदन पुरस्कार प्राप्त छनोट भएका पाँचमध्ये एक उत्कृष्ट कृतिले प्राप्त
गर्नेछ ।
पुरस्कारका
लागि छानिएका कृतिहरूमा मोहन मैनालीको 'मुकाम रणमैदान', भक्त स्याङ्तानको 'डम्फुको
आत्मालाप', भावेश भुमरी र प्रणिता चामलिङको 'भावलिपि', जीवन क्षेत्रीको 'नुन–तेल' र रोशन थापा
नीरवको 'सन्त्रासका साठी दिन' छन्।
- न्युज बहार संवाददाता