असोज १, काठमाडौँ
। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा आज हरितालिक तीज पर्वका अवसरमा भक्तजनको
घुइँचो लागेको छ । आजका दिन पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३: ०० बजे नै मन्दिरको चारैवटा ढोका खोलिएको थियो । पशुपति
क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना
अधिकारी गौरीशङ्कर पराजुलीले आज पशुपति मन्दिर आउने व्रतालु दिदिबहिनिहरुलाई विशेष
सुविधाका लाग चारवटै ढोका खोलिएको बताएका छन ।
आज काठमाडौँ उपत्यकाका डोलेश्वर, गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर
भनेर चिनिने मखन महादेव मन्दिर, नागेश्वर लगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ
।
- न्युज बहार संवाददाता