फागुन ६, काठमाडौं । आज देशभरका शिवालयमा महाशिवरात्रि
पर्व विधिपूर्वक पूजा, आराधना एवं
दर्शन गरी मनाइँदै छ ।
महाशिवरात्रि
पर्व प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने आराध्यदेव
भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाउन लागिएको हो । त्यस्तै आज महाशिरवरात्रिका अवसरमा
पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति
क्षेत्र विकास कोषले जनाएको छ ।
आज महाशिरवरात्रिका अवसरमा पशुपतिनाथका
चार वटा नै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै
पशुपति क्षेत्रमा भक्तजनको लाईन सुरु भईसकेको र बिहान छोटो लाम भए पनि अहिले लाइन
बढ्न थालेको जानकारी दिदै कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी
गौरीशङ्कर पराजुलीले उत्तरतर्फको लाईन चाबहिल चोकभन्दा माथि, । पश्चिमतिरको लाईन
गौशाला चोक, दक्षिणतिरको
लाईन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाईन गौरीघाटसम्म पुगेको
बताएका छन।महाशिवरात्रिका अवसरमा आज पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी
साधुसन्तको आगमन भएको छ ।