Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा रङ्गरोगन गरिदैँ

  •   २ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

फागुन १, काठमाडौँ। नेपालीहरु माझ अर्को प्रमुख दिन महाशिवरात्रि आउँदै छ । पशुपतिनाथ क्षेत्र महाशिवरात्रि नजिकिँदै गर्दा महाशिवरात्रिको तयारी स्वरुप विभिन्न कार्यहरु भइरहेको छ । यतिबेला पशुपतिनाथको मूल मन्दिर र आसपासका मन्दिरमा रङ्गरोगन र मर्मतसम्भार कार्य भइरहेको छ । रङ्गरोगन पछी मन्दिर परिसर चिरिच्याट्ट देखिएको छ ।

त्यस्तै पशुपति क्षेत्र परिसरका अन्य सम्पदामा पनि रङ्गरोगन गरिएको छ । मन्दिर तथा आसपासमा वेदरकोट प्राइमर लगाइ पर्खालमा रातो रङ लगाइएको छ । वर्ष भरमा पशुपति क्षेत्रमा मनाइने पर्वमध्ये महाशिवरात्रि पनि एक महत्वपूर्ण पर्व हो ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारीका लागि एक हप्ता अगाडिदेखि नै विशेष सफाइ पनि सुरु गरिसकेको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप