जेठ २३, म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा करिब एक करोड बराबरको भेटी संकलन भएको छ।
गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा एक करोडभन्दा बढी आम्दानी भएको हो ।
गलेश्वर मन्दिरमा भक्तजनको आगमन बड्न थाले सँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो ।
कोषका कोषाध्यक्ष कुमारी रोकाले चालु आवको गत साउनदेखि जेठ २१ गते सम्मको भेटी एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको जानकारी दिएकी छिन ।
- न्युज बहार संवाददाता