मंसिर २१, काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा मदिरा, मासु
र नसालु
पदार्थ निषेध गरिएको छ।
काठमाडौँ
प्रशासनले आउँदै गरेको बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै पशुपतिनाथको
चार किल्ला तोकेर आज (मंसिर २१) देखि मंसिर २७ गतेसम्म मदिरा, मासु
र नसालु
पदार्थ निषेध गरेको हो।
काठमाडौँका
प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व
सिमानादेखि पश्चिम, गौशाला
तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क - उमाकुण्ड - गौरीघाट हुँदै
गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध हो।
जारी
गरिएको सुचनामा बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत साँस्कृतिक,
धार्मिक, मर्यादा र पवित्रता कायम राख्ने
उद्देश्यले ती पदार्थ उत्पादन, ओसारपसार,
बेचबिखन, भण्डारण र सेवन समेत गर्न
नपाउने बताइएको छ ।
- न्युज बहार संवाददाता