भदौ ११, काठमाडौँ । रसुवा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेला सुरु भएको छ । मेला भर्न पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली पनि गोसाइँकुण्डमा पुगेको छ ।
सहकारी मन्त्रालय र बागमती प्रदेश पर्यटन तथा हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हुन ।
डा निशान्त जोशीको संयोजकत्वमा माउण्टेन मेडिसीन सोसाइटीका सातजना चिकित्सक गोसाइँकुण्ड पुगेको सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता