मंसिर २९, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा
एभेन्जर्सविरूद्ध काठमाडौँ गुर्खाजले पहिले बलिङ गर्ने भएको छ।
काठमाडौँले
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।
दुवै टोलीलाई आजको खेल प्लेअफ सम्भावनालाई जिवित राख्न महत्त्वपूर्ण
हुनेछ ।
अंक
तालिका हेर्ने हो भने काठमाडौँ गुर्खाज नेट रन रेटका आधारमा पोखराभन्दा एक स्थान
अगाडि छ। दुवै टिमले पाँच खेलमा तीन हार र दुई जित हात
पार्दा समान ४/४ अंक जोडेको छ ।
- न्युज बहार संवाददाता