Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालद्वारा भारत पराजित

  •   ११ महिना अघि | ११ कार्तिक २०८२, सोमवार

कार्तिक १०, काठमाडौँ । नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई पराजित गरेको छ।

सोमबार भारतको सिलोङमा सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो।

नेपालका लागि दुबै गोल सावित्रा भण्डारी (साम्बा) ले गरेकी थिइन्। उनले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।

६३औँ मिनेटमा सावित्राले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै जालीमा परिणत भएको थियो, जसले नेपाललाई २–० को अग्रता दिलायो।

भारतले ८१औँ मिनेटमा करिश्मा सिर्भोइकरको गोलमार्फत एक गोल फर्कायो। उनले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।

फिफा विन्डोअन्तर्गत भएको यो खेललाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त छ।

  • न्युज बहार संवाददाता

थप