असोज
११, काठमाडौँ । नेपाली क्रिकेट टोलीले वेस्ट
इन्डिजसँगको टी-२० सिरिजको पहिलो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।
शारजाह क्रिकेट मैदानमा सम्पन्न टसमा
वेस्ट इन्डिजले जित हासिल गर्दै पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको
मौका पाएको हो।
नेपालले दुबईमा वेस्ट
इन्डिजविरुद्ध तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। यो सिरिज नेपाली
टोलीले टेस्ट मान्यता प्राप्त टिमविरुद्ध खेल्न लागेको पहिलो टी-२० श्रृंखला हो।
- न्युज बहार संवाददाता