फागुन १६, काठमाडौं । अहिले भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोटको चौथो खेलमा दिपेश कंडेल नेपालका स्पिनर को उत्कृष्ट बलिङमा मलेसिया ७२ रनमा अलआउट भएको छ। टस जितेर ब्याटिङ गरेको मलेसिया मलेक क्रिकेट मैदान, अज्मानमा, ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको छ । मोहम्मद अक्ररम मलिकले मलेसियाका लागि सबैभन्दा धेरै २६ रन बनाए । ओपनर रहेका हैरिल हरिसनले १२ रनमा सिमित भए।
आकाश चन्दको हातबाट पहिलो ओपनर मा
आएका कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरकै तेस्रो बलमा बोल्ड हुन पुगे र
दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रनको साझेदारी गरे थिए भने यहि साझेदारी नै
मलेसियाका लागि बलियो साझेदारी बन्न पुग्यो ।
स्पिनर दिपेश कंडेलले नेपालका लागि १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चिदै सर्वाधिक ४ विकेट लिन सफल भए । यता आकाश चन्दले भने ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए। मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिन सफल भए र स्पिनर सुवास भण्डारीले १ विकेट लिई नेपालले ३५.३ ओभरमा मलेसियालाई अलआउट गरेको हो।