माघ २०, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रि विश्वप्रकाशको शर्माले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग को ध्यानकर्षण गराएका छन् । महामन्त्रि शर्माले सामाजिक सञ्जालमार्फत् आफूले चतुरबहादुर चन्दसँग फोनमा कुरा गरेको जानकारी दिएका छन्।
क्यान अध्यक्ष चन्द नेपाली कांग्रेसकै बैतडी जिल्ला सभापति समेत हुन्। नाबालिग बलात्कार आरोपमा पक्राउ परेर सशर्त
धरौटीमा छुटेका सन्दीप लामिछानेलाई बुधबार निलम्बन फुकुवा गरि क्रिकेट संघ(क्यान)ले
बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ जानकारी दिएको थियो। अहिले यसको विरोध
सहित सामाजिक सञ्जालमा #BoycottCAN भन्ने अभियान नै चलिरहेको छ ।
महामन्त्रि
शर्माले लेख्छन
‘क्यान
अध्यक्षलाई फोनमा शोधें- खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना
गर्नुपर्दैन ? खेलकुद
मन्त्री प्रधानमन्त्री नै हुनुन्छl ध्यानाकर्षण गराउँदछु- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस् ! मौनता
जिम्मेवार जवाफ हुन्न’ । प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डको पनि ध्यानाकर्षण गराउदै शर्माले मौन भएर नबस्नु भनि
लेखेका छन ।
नाबालिक बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि ट्विटर, फेसबुकलगायत
सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोख्दै #BoycottCAN को अभियान
चलाईरहेको छन ।