माघ १९, काठमाडौं । युवा क्रिकेटर सन्दिप
लामिछाने साढे तिन महिना लामो निलम्बन फुकुवा पछी राष्ट्रिय टिममा समावेश भएका छन
। उनि बिरुध्द बलात्कार मुद्दा परेपछी क्यानले उनलाई निलम्बन गरेको थियो । निलम्बन
हुने समय उनी राष्ट्रिय टिमको कप्तान समेत रहेका थिए । साढे तीन महिना निलम्बनमा
परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश गरिएको
छ। हिजो पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको
निलम्बन फुकुवा गरेको घोषणा गरेको थियो ।
क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले भने “सन्दीप हाम्रो योजनामा रहेको क्रिकेटर हो । उनलाई आज साँझदेखि क्याम्पमा सहभागी हुन भनेका छौं,’ चौधरीले भने, ‘सन्दीपको क्षमताको बारेमा त सायद कसैलाई शंका हुने छैन । फिटनेस र फिजियो चाहीँ हेर्नुपर्छ”। उनि –राष्ट्रिय टिममा सन्दीपको आवश्यकता देखेरनै छनोट गरिएको हो । नेपालमा हुन लागेको आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि फिटनेस र फिजियो हेरेर सन्दिपलाई टिममा समावेश गर्ने निर्णय भएको छ ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासले भनेका छन् “फिटनेस ट्रेनर र फिजियोको रिपोर्ट सकारात्मक आएपछि लामिछानेले नियमित प्रशिक्षण सुरु गर्नेछन्”। छनोट समितिको टिममा समावेश गर्ने निर्णय पछी सन्दीपले बिहीबार नै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास समेत सुरु गरिसकेका छन।
.png)