Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छमछमी नाचे..........

  •   ३ वर्ष अघि | ५ चैत्र २०८०, सोमवार

चैत ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक कार्यक्रममा छमछमी नाचेका छन । उनलाई नचाउन गायक प्रकाश सपुतको गलबन्दी गाइएको थियो ।  गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत ‘गलबन्दी’मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छमछमी नचाएका हुन ।

पोखरा सहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्न आयोजित भएको समारोहमा सपुतको गीतमा गण्डकी प्रदेशका मुख्यमन्त्री, पूर्वगृहमन्त्री र पोखराका मेयर सहित प्रचण्ड पनि मज्जाले नाचेका थिए ।

गायक सपुतले पञ्जैबाजाकै अर्को ट्रयाकमा पनि उपस्थितलाई  मज्जाले नचाएका थिए । गायक सपुतले प्रचण्डलाई अब्बल क्रान्ति नायक भन्दै उनीसामु आफूले पहिलो सांगीतिक प्रस्तुति रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डसहितका अतिथि सबै उठेर मंचमा सपुतले ‘गलबन्दी’ गीत गाउन सुरु गर्दा नाच्न तयार भएका थिए । समारोहमा अर्का गायक धर्मेन्द्र सेवानले अर्को चर्चित गीत ‘रेशम फिलिली’ गाएर मनोरञ्जन दिएका थिए । कार्यकक्रममा गायक प्रमोद खरेलले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

  • न्युज बहार संवाददाता

थप