साउन १५, काठमाडौँ । दुई पाका अभिनेत्रीहरु माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् । दुई अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग राख्दै माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका हुन ।
६१ दिनदेखि सहकारी पीडितहरुले माइतीघरमा जारी राखेको धर्नामा सोमबार नेपाली फिल्म क्षेत्रका दुई वरिष्ठ अभिनेत्रीहरु पनि सहभागी भएका छन । उनीहरुले आज सोमबार राति १० बजेसम्म धर्ना दिने कार्यक्रम रहेको जनाएका छन ।
बसुन्धरा र चैत्यदेवीका आफन्त र परिवारको सदस्यहरुले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ ।
त्यसैगरी सिभिल सहकारीमा उनीहरुको भुवन चैत्य बसुन्धरा फाउण्डेसनको सामाजिक संस्थाको नाममा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको बताएका छन ।
- न्युज बहार संवाददाता