Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक

  •   १ वर्ष अघि | ५ जेष्ठ २०८२, आइतवार

जेठ ४, काठमाडौँ । फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म जेठ १५ गतेदेखि प्रदर्शन तयारीमा रहेको छ । फिल्मको ४ मिनेट लामो ट्रेलर आज आइतबार क्युएफएक्सको राइजिङ हलमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।

निर्माताले पत्रकार सम्मेलनमा फिल्मको कथावस्तुबारे संचारकर्मीलाई जानकारी गराएका छन । फिल्मको ट्रेलरले सहकारी ठगीका पीडितको मर्मस्पर्शी कथालाई झल्काएको छ ।

फिल्ममा कथाको रुपमा आफूले बचत गरेको रकम फिर्ता नपाउँदा मृत्यु भोग्नुपर्ने बचतकर्ताको समस्यालाई देखाइएको छ । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, मोहन निरौला र वसुन्धरा भुसाल प्रमुख भूमिकामा रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप