माघ १६, काठमाडौँ
। अभिनेत्री दीया पुन र अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ ।
झण्डै २ मिनेट ३५ सेकेण्ड लामो ट्रेलरमा दयाहाङ बाबु बन्न नसक्दा उनकी श्रीमती र
परिवारमा उत्पन्न परिस्थिति प्रस्तुत गरिएको छ । ट्रेलरले फिल्मसिचुयसनल कमेडीले
पनि भरपुर रहेको संकेत गरेको छ ।
माघ २६
गतेबाट सार्वजनिक प्रदर्शनमा आउँन लागेको यस फिल्मबाट माओत्से गुरुङले निर्देशनमा
डेब्यू गरेका छन । यो फिल्म बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण
भएको हो भने यसलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।
फिल्ममा
दयाहाङ र दीयाका अलावा प्रमिसा गुरुङ, विजय बराल, टिकाराम घले, पुस्कर गुरुङ, शिरिषा कुँवर, , राजेन्द्र थापा, नयन गुरुङ, सुर्य सुनार र क्रिष्टी गुरुङ
लगायतका कलाकारको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता