Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बसन्तपुरको इनारमाथि प्रकाश सपुत नाचेको सुटिङ क्लिपबारे निर्माता कम्पनीले माग्यो माफी

  •   ३ वर्ष अघि | २१ मंसिर २०८०, बिहिबार

मंसिर २१, काठमाडौँ । अभिनेता तथा गायक प्रकाश सपुत र जुना विश्वकर्माले 'सुटिङ' गरेको विवादित भिडिओ क्लिपलाई लिएर निर्माता कम्पनीले माफी मागेको छ।

बुधबार निर्माता कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्राइभेट लिमिटेडले एक विज्ञप्ति जारी गर्दै 'कमाउने नि हो रमाउने नि हो' बोलको गीतको म्युजिक भिडिओको विषयमा माफी मागेको हो।

कम्पनि द्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता साथै मिडियामा उक्त गीतको म्युजिक भिडियोको विषयमा समेत आइरहेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ, गीतको सुटिङ हुँदाका दृष्यहरू दर्शकहरूले खिचि सामाजिक सञ्जालमा राख्नु भएकोमा सोही विषयलाई लिएर विभिन्न सरोकारवाला र सामाजिक अभियन्ताहरूले चासो व्यक्त गर्नुभएको छ।'

विज्ञप्तिमार्फत निर्माता कम्पनीले गीतका नायक प्रकाश सपुतलाई लक्षित गरी गाली गलौज तथा लाञ्छना नलगाउन आग्रह समेत गरेको छ। 

निर्माता कम्पनीले सामाजिक सञ्जालमा देखाइएको जस्तो दृष्यहरू सार्वजनिक भएको म्युजिक भिडिओमा प्रयोग नभएको कुरा प्रष्ट् पारेको छ । 

विज्ञप्तिमा भनिएको छ, 'हाम्रो उदेश्य कसैको परम्परा र संस्कृति, आस्था, प्रथाप्रति अहित हुने कार्य गर्नु होइन, अञ्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भएमा हामी क्षमा प्रार्थी छौं।'

काठमाडौँको बसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि कलाकार प्रकाश सपुत र जुना विश्वकर्माले नाचेर 'सुटिङ' गरेको भिडिओ क्लिप विवादित बनेको थियो।

  • न्युज बहार संवाददाता

थप