असोज २८, काठमाडौँ । गत शुक्रबारबाट देशभर रिलिज भएको फिल्म ‘परदेशी २’ले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गरेको छ । फिल्मले देशभर शुक्रबार र शनिबार राम्रो व्यवसाय गर्न सफल भएको हो ।
शनिबार फिल्मले धेरै हलहरुमा हाउस फूलको व्यवसाय गर्न पनि सफल भएको छ । फिल्म ‘परदेशी २’ले व्यवसायसँगै दर्शकको समीक्षा समेत राम्रो पाएको छ ।
फिल्म
हेरेर हलबाट निस्किँदै गरेका प्राय जसो सबै दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका
छन् । दर्शकहरूले फिल्मले घरी हँसाएको, घरी रुवाएको र धेरै दृश्यमा गम्भीर
बनाएको बताएका छन।
शुक्रवारको तुलनामा शनिवार फिल्मको व्यवसाय दोब्बर भएको निर्माता राजेश बंशलले बताएका छन । फिल्मले आज आइतबार पनि सार्वजनिक बिदा परेकोले राम्रो व्यवसाय गर्ने उनको अनुमान गरिएको छ ।
- न्युज बहार संवाददाता