Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘जुलेबी’मा आफूले निर्वाह गरेको चरित्र अहिलेसम्मकै गाह्रो भएको सुरक्षा पन्तको अनुभव ।

  •   ३ वर्ष अघि | ३२ साउन २०८०, बिहिबार

साउन ३२, काठमाडौँ । फिल्म ‘जुलेबी’ शुक्रबारदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउँदैछ । यस फिल्मको शीर्ष भूमिकामा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ । यो फिल्ममा सुरक्षाले यौनकर्मी पात्रको भूमिका निर्वाह गरेकी छन् भने यो फिल्मलाई गणेशदेव पाण्डेले लेखेका तथा निर्देशन गरेका हुन । फिल्म जुलेबीको कथा काठमाडौँको रत्नपार्कसँग जोडिएको छ ।

यसै क्रममा सुरक्षाले काठमाडौँमा आयोजित कार्यक्रममा ‘जुलेबी’मा आफूले निर्वाह गरेको चरित्र अहिलेसम्मकै गाह्रो लागेको बताएकी छन् ।

उनले भनिन् ‘यो पात्रको तयारीका लागि यौनकर्मी महिलासँगै बसेर कुरा गर्दा पनि उनीहरु हच्किने डर हुने, उनीहरु खुलेर कुरा गर्ने सम्भावना कम हुने, त्यसका लागि केही पूर्व तयारी गर्नु पर्ने थियो, वास्तविक पात्र हेर्न रत्नपार्क पुगेको थिए ।

यस फिल्ममा सुरक्षाका अलावा निशा अधिकारी, उषा रजक, पुष्कर कार्की, सुशील सिटौला, मोनिका थापा र तुफान थापा लगायत कलाकारले अभिनय गरेका छन्

  • न्युज बहार संवाददाता

थप