जेठ ६, काठमाडौँ । आगामी भदौ ६ गतेदेखि चलचित्र ‘जनै हराएको बाहुन’ प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गराएको हो ।
यो फिल्म
आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथामा बनेको छ
। हिमाल न्यौपानेले चलचित्रको निर्देशन गरेका हुन् ।
यस चलचित्रको
मूख्य भूमिकामा विजय बराल रहेका छन् । विजय बरालका साथै मिरुना
मगर, केकी
अधिकारी, गौरव
पहाडी, सुशांक
मैनाली, रियर राई, भोलाराज सापकोटा, भावना खपांगी मगर, सुमन थापा, रुपेश लामा
लगायतको
पनि अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता