Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

सरकारले गर्यो सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय

  •   ८ महिना अघि | २७ कार्तिक २०८०, सोमवार

कार्तिक २७, काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका जारी गरेको दुई दिनपछि सरकारले टिकटकमाथि प्रतिबन्ध नै लगाउने निर्णय गरेको हो । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वसाधारणको पहुँचमा रहेको तथा सबै भन्दा लोकप्रिय सार्वजनिक प्लाटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सञ्चार एवं सूचनाप्रविधि मन्त्री रेखा शर्माका भनाइ अनुसार, टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएकोले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

तर सरकारले टिकटकबाट सामाजिक सद्भाव बिगार्ने के कस्तो काम भयो भन्ने बारेमा अहिलेसम्म सार्वजनिक जानकारी गराएको भने छैन ।

  • न्युज बहार संवाददाता

थप