Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘मनसरा’ लाई दर्शकको साथ, सुरुवाती व्यापार राम्रो

  •   २ वर्ष अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३, काठमाडौँ । मनसराशुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । यस फिल्मले सुरुवाती व्यापार राम्रो गर्न सफल भएको छ । निर्माण युनिटको दाबी अनुसार फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो कलेक्शन गरेको छ । 

निर्माता शैलेन्द्र ध्वज कार्कीले पूर्वी नेपालका हलहरूमा रिलिजको दिन शुक्रबार राम्रो व्यापार गरेको फिल्मले शनिबार पश्चिम नेपालको हलमा राम्रो व्यापार गरेको बताएका छन । फिल्मको हल बुकिङले शनिबार नै करोड माथिको व्यापार गरेको उनले अनुमान गरेका छन ।

फिल्मको निर्माण टिम शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको थिए बने शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गर्दै काठमाडौँ फर्किएका छन । निर्माण टिमले आइतबार काठमाडौँका केही हलमा पुग्ने कार्यक्रम रहेको बताएका छन । फिल्म उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको हो भने फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथा बोलेको छ ।

फिल्मअभिनेता प्रवीण खतिवडा र अभिनेत्री मिरुना मगरको वरिपरि घुमेको छ । यस फिल्ममा अभिनेता दयाहाङ राईको पनि सशक्त अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप