भदौ ७, काठमाडौँ । फिल्म ‘जय हो’ प्रिमियर गरिएको छ । शोभित बस्नेतको प्रस्तुति रहेको फिल्मको बुधवार रञ्जना सिनेप्लेक्समा प्रिमियर गरिएको फिल्मको प्रिमियर गरिएको हो । फिल्मकर्मी र पत्रकारको प्रिमियरमा बाक्लो उपस्थिति रहेको थियो । उक्त प्रिमियरमा सहभागी भएका अधिकांशले फिल्म राम्रो लागेको प्रतिक्रिया दिएका छन ।
फिल्म ‘जय हो’ सबै दृष्टिकोणबाट उत्कृष्ट रहेको कलाकार हरिवंश आचार्यले प्रतिक्रिया दिएका छन । उनले फिल्ममा कथावस्तु, कलाकारको अभिनय, छायाङ्कन पक्ष सबैले दर्शकको मन छुने बताए ।
त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भुवन केसीले फिल्मको कथावस्तु, लोकेसन, र कलाकारको अभिनयले मन छोएको धारणा राखेका छन ।
प्रिमियरमा फिल्म हेर्ने धेरैले छायाङ्कन पक्षको प्रशंसा गरेका छन। फिल्ममा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, अर्पण थापा र निशा अधिकारीको मुख्य भूमिका रहेको छ ।
- न्युज बहार संवाददाता