Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजबाट प्रदर्शनमा आउँदै फिल्म ‘हात्तीछाप’लाई देशभरका मल्टिप्लेक्स हलमा उच्च शो

  •   ३ वर्ष अघि | २६ माघ २०८०, शुक्रबार

माघ २६, काठमाडौँ । आज शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘हात्तीछाप’ । फिल्मको गएको बुधवारबाट अग्रिम टिकट बुकिङ समेत खुलिसकेको छ ।

फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल लगायतको कलाकारको अभिनय रहेको  छ । यस फिल्म प्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । त्यसैले देशभरका मल्टिप्लेक्स हलमा फिल्मलाई १६४ शोज दिइएको छ । सिंगल हलहरूको समेत आँकडा गर्दा देशभरमा फिल्मले करिब २ सय शोज पाएको छ।

उपत्यकाका हलमा क्यूएफएक्स चेनले १५ शोज उपलब्ध गराएको छ भने  वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ । यस फिल्मलाई बिग मुभिजले ६ शोज दिएको छ । अधिकांश हलले बिहानदेखि बेलुकासम्म फिल्मलाई उच्च शोज दिएका छन् । यो फिल्मलाई चाबहिलको एफक्यूब हलले पनि ६ शोज उपलब्ध गराएको छ ।

  • न्युज बहार संवाददाता

थप