असोज १, काठमाडौँ । अर्को वर्ष अमेरिकामा हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति नेपालले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिलाई प्राप्त फिल्ममध्येबाट सोमबार बसेको समितिको बैठकले ‘हल्कारा’लाई सिफारिस गरेको हो ।
अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०८० असोज २९ गतेभित्र फिल्म बुझाउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट चलचित्रहरु बगान, बुलाकी, नीरफूल, डाकिनी र हल्काराले सहभागिताका लागि आवेदन दिएका थिए ।
विज्ञप्तिमा जनाईए अनुसार प्राप्त फिल्ममध्ये समितिले सिनेमाको कथ्यको प्रस्तुति, प्राविधिक पक्ष, चरित्रहरुको प्रस्तुतिको कलात्मकता तथा भावनात्मक विश्लेषण तथा आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
- न्युज बहार संवाददाता