असार ७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको भारतीय फिल्मलाई रोक लगाउने निर्णयविरुद्धको मुद्दा आज न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ ।
काठमाडौँ महानगरविरुद्ध चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले बिहीबार उच्च अदालत पाटनमा निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका थिए । सो रिटमा आज सुनुवाई हुन सक्ने सम्भावना रहेको छ।
चलचित्र संघको तर्फबाटका कानुन व्यवसायी जयलाल भण्डारीले यो मुद्दामा आजै आदेश आउन सक्ने सम्भावना रहेको बताएका छन भने यो मुद्दामा काठमाडौँका मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो।
- न्युज बहार संवाददाता