Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

२४ घन्टाभित्र टिकटक बन्द हुने, बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई दूरसञ्चारको पत्राचार

  •   ३ हप्ता अघि | २७ कार्तिक २०८०, सोमवार

कार्तिक २७, काठमाडौँ । टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ। 

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले आज सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले टिकटक बन्द गर्न पत्राचार गरिसकेको जानकारी दिएका छन । 

मिश्रका अनुसार मुख्यालयलाई पनि टिकटक बन्द गरेकोबारे खबर गरिएको छ।

यस विषयमा थप जानकारी गराउँदै उनले भने हामीले सबै इन्टरनेट प्रदायक संस्थाहरूलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौँ, टिकटकको मुख्यालयलाई पनि जानकारी गराइसकेका छौं। सरकारको निर्णय आउनेबित्तिकै हामीले पत्राचार गरेका हौँ, अब २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ।

तर यता सामाजिक सञ्जालमा भने टिकटक बन्द गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ। 

  • न्युज बहार संवाददाता

थप