Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक

  •   १ वर्ष अघि | २ असोज २०८२, बिहिबार

असोज २, काठमाडौँ । प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा रहेको फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। तिहारको भाइटीका (६ कात्तिक) मा प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको टिजरमा अन्तर्जातीय प्रेम, सामाजिक यथार्थ र चुनौतीहरूलाई उजागर गरिएको छ।

टिजरमार्फत फिल्मको कथा, मुख्य द्वन्द्व र पात्रहरूको प्रस्तुति झल्काइएको छ। पूर्वी नेपालको राई समुदायको सामाजिक परिवेशमा आधारित फिल्मले जातीय विविधता र अन्तर्जातीय प्रेमलाई मुख्य विषयवस्तु बनाएको छ।

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, विक्रम राई, सब्बु गुरुङ, रविन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडाको अभिनय रहेको छ।

फिल्मको छायांकन इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका आकर्षक स्थानहरूमा गरिएको हो।

निर्देशक सुवेदीका अनुसार फिल्मले समाजमा अझै कायम रहेको जातीय विभेद र असमानताविरुद्धको सन्देश दिन्छ। दुई पात्रबीचको प्रेमकथा नै फिल्मको मूल केन्द्रबिन्दु हुनेछ।

  • न्युज बहार संवाददाता

थप