फागुन ९, काठमाडौँ । फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । फिल्मको कथावस्तु र चरित्र चित्रणको बारेमा एक मिनेट भन्दा लामो टिजरले प्रकाश पारेको छ ।
उक्त टिजरले ‘जात्रैजात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै दर्शकलाई तेस्रो श्रृंखलाको कथावस्तुतर्फ तान्ने काम गरेको छ । एक गाडी पैसा लुकाउन र त्यसबापत तीन प्रमुख पात्रलाई ३०-३० लाख रुपैयाँ दिने वचन अभिनेता राजाराम पौडेलको पात्रले दिन्छन् । पात्रले उनको आग्रहअनुसार नै पैसा लुकाउँदा उत्पन्न परिस्थितिसँग संघर्ष गर्नु परेको टिजरमा देखाइको छ ।
फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँको शीर्ष भूमिका छ । पैसा लुकाउने परिस्थितिले यी तीन पात्रलाई पुनः एक ठाउँमा ल्याउँछ र कथासँगै उनीहरुले हण्डर खाएको देखाइएको छ ।
फिल्ममा वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, गौमाया गुरुङ, दिव्यदेव पन्त, पुष्कर गुरुङ र प्रकाश घिमिरेको समेत अभिनय रहेको छ भने अभिनेता हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् ।
- न्युज बहार संवाददाता