माघ ५, काठमाडौँ
। अभिनेता माओत्से गुरुङको निर्देशनमा डेब्यु फिल्म ‘दयारानी’
को टिजर सार्वजनिक भएको छ । २६ गते शुक्रवारबाट
सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको निर्माण युनिटले प्रदर्शन मिति नजिकिँदै
गर्दा फिल्मको टिजर सार्वजनिक गरेको हो ।
उक्त
सार्वजनिक एक मिनेट लामो टिजरमा निःसन्तान दम्पतीको कथा देखाउन खोजिएको छ । टिजरले
श्रीमान्–श्रीमतीको
भूमिकामा रहेका दयाहाङ राई र दिया पुनबिच सन्तान नहुँदा उत्पन्न परिस्थितिलाई देखाएको
छ । सन्तानका लागि दियाले दयाहाङलाई दोस्रो बिहे गर्न दबाब दिएको टिजरमा देख्न
सकिन्छ ।
यस फिल्ममा
विजय बराल, नयन
गुरुङ, पुष्कर
गुरुङ, शिरिषा
कुँवर, टिकाराम
घले, राजेन्द्र
थापा, सूर्य
सुनार, कृष्टी
गुरुङ,सीतादेवी गुरुङ, लगायतको
अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता