साउन २८,
काठमाडौँ । गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन ।
बुढाथोकीको यो एउटै गीत नेपाली भाषासहित ६ मातृभाषामा तयार भएको छ ।
बुढाथोकीले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, तामाङ, नेवारी, राजवंशी, थारु, भोजपुरी र खस गरेर ६ मातृभाषामा ल्याएका हुन् । गीतमा शब्द र संगीत पनि टंककै रहेको छ ।
गायिका अन्नु चौधरीले उनलाई स्वरमा साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्यको गितमा भिडियो पनि सातवटै बनेको छ । भिडियोमा राहुल शाह र समिश्रिका परियारको नृत्य एवं अभिनय देख्न सकिन्छ।
थारु भाषामा रेकर्ड गरिएको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंमले अभिनय समेत गरेका छन् ।
- न्युज बहार संवाददाता