Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा अब फिल्म पनि बन्ने

  •   २ वर्ष अघि | ६ जेष्ठ २०८१, आइतवार

जेठ ६, काठमाडौँ । कथा बाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा अब फिल्म पनि बन्ने भएको छ । यही नोभेलमा आधारित रही चलचित्र बन्ने घोषणा भएको हो । 

साइग्रेस आफैले काठमाडौँको राष्ट्रिय सभागृहमा शनिवार आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा कथामा चलचित्र बन्ने घोषणा गरेका हुन ।

यस चलचित्रलाई शिशिर खातीले निर्देशन गर्ने बताइएको छ भने प्लानेट थ्री फिल्मसले यसलाई निर्माण गर्नेछ । चलचित्रको कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् । 

चलचित्रको घोषणाको क्रममा थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो । चलचित्रको नाम पनि पोस्टरमा ‘अधुरो प्रेम’ नै राखिएको छ । 

  • न्युज बहार संवाददाता

थप