कार्तिक १५, काठमाडौँ । काठमाडौँको मैतीदेवीबाट प्रहरीले जुवातास खेलेको आरोपमा केही कलाकारलाई पक्राउ गरेको छ ।
प्रहरीको सिंहदरबार वृत्तले जुवातास खेलिरहेको अवस्थामा मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरबाट कोरियोग्राफर गम्भीर विष्ट, गायक चक्र बमअभिनेता गजित विष्ट, अभिनेता शंकर आचार्य, कलाकार सुलेमान शंकर (इकु) लगायत ९ जनालाई पक्राउ गरेको हो ।
उक्त डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टर अभिनेता गजित विष्टले संचालन गर्दै आएका छन ।
जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको छ । अहिले उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।
- न्युज बहार संवाददाता